काठमाडौंः सरकारले कानुनमा तोकिएको पारिश्रमिक नदिने स्वास्थ्य संस्था तथा अस्पताललाई कारबाही गर्ने भएको छ ।
तोकिएको पारिश्रमिक दिए नदिएको अनुगमन गर्न डेढ महिना भित्र सबै अस्पतालमा श्रम अडित समेत गरिने भएको छ ।
अधिकांश निजी अस्पताल तथा स्वास्थ्य संस्थाले नर्स लगाएतका अन्य कर्मचारीलाई उचित तलब नदिने र गुनासोका आधारमा कारबाही गर्न लागिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलयले डेढ महिना भित्र सबै अस्पतालमा श्रम अडिट गराउने र तोकिएको परिश्रमिक नदिए कारबाही गरिने जनाएको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।
प्रकाशित मितिः २०७६ जेठ ६ सोमबार
Comments