काठमाडौं । मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसागै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ । यसैअनुसार बुझ्न सकिन्छ, कि तुलसीमा सयौँ रोग निको गर्ने क्षमता हुन्छ ।
चिकित्सकहरू पनि यसै भन्छन्, यसमा सयौं रोगहरु निको पार्नै अदभूत क्षमता हुन्छ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ । तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् । दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउँछन् ।
सोही तुलसीको पातले हाम्रो स्वास्थ्यमा पनि उत्तिकै फाइदा पुर्याउँछ । तपाईंलाई चुरोट तथा धूम्रपानको अम्मली भएमा पनि तुलसीको पात अचूक औषधि बन्न सक्छ । चुरोटको लत भएकाले तुलसीको पात चपाउनाले चुरोटको लत छुट्ने चिकित्सक बताउँछन् ।
यस्तै हरेक दिन तुलसीको पात चपाउनाले शरीरको कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा रहन्छ । जसले गर्दा हाम्रो मुटु सधैं स्वास्थ्य रहन्छ । तुलसीले शरीरको रगतमा भएको युरिक एसिडलाई घटाउँछ । जसले गर्दा मृगौलामा कुनै प्रकारको हानि पर्दैन ।
तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री –याडिकल क्षतिबाट बचाएर तपाईंलाई तनाव हुन दिँदैन । यसले हाम्रो रगतलाई सफा गरेर अनुहारमा चमक ल्याउँछ । दनदिनै तुलसीका चारपाँचवटा हरिया पात चपाउँदा माइग्रेन भाग्छ ।
तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ । तुलसीले अजीर्ण, अरुचि र उदरशूल जस्ता सामान्य र मुटु, मृगौला जस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्दछ । हालै भारतमा भएको एक परीक्षणबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसँग लड्ने क्षमता भएको कुरा पुष्टि भएको छ ।
प्रकाशित मितिः २०७६ जेठ ५ आइतबार
Comments