काठमाडौं । आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । यस वर्ष ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएसँगै एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको हो ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत व्यक्तिलाई क्षयरोग भएको पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगी बर्सेनि मृत्यु हुने गरेको छ ।
नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत फोक्सो कै क्षयरोग हुने गरेको छ भने अन्य ग्रन्थी, हड्डी, पेट, मृगौला, मस्तिष्क, पाठेघर, कलेजो आदिको हुने गरेको पाइएको छ । क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेको छ ।
प्रकाशित मितिः२०७५ चैत १० आइतबार
Comments