भक्तपुर । चिसो समयमा मानिसको रोग प्रतिरोधात्मक क्षमता अलिक कम्जोर हुने भएकाले भाइरस र ब्याक्टेरियाले सजिलै संक्रमण गर्ने गर्छन् । यस समयमा आफुलाई स्वास्थ्य राख्नु मानिसको लागि निकै ठुलो चुनौती हुने गर्छ । यस समयमा आफ्नो स्वास्थ्य ख्याल राम्रोसँग गर्न सकिएन भने हाम्रो स्वास्थ्यमा ठुलो समस्या आउने गर्छ । त्यसैले कुनै पनि खालको लापरवाही गर्न हुदैन ।
आफ्नो स्वास्थ्यको ख्याल यसरी गर्नुहोस
१, यो समयमा आफ्नो स्वास्थ्य प्रति विशेष सजगता अपनाउन जरुरी छ । त्यसको लागि स्वस्थकर खानेकुरा, भरपूर आराम नै सबैभन्दा उत्तम उपाय हो ।
२, शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुदाँ हामीलाई विभिन्न खाल रोग लाग्ने गर्छ । शरीरमा रोग लाग्न नदिन गहिरो निद्रा ज्यादै आवश्यक छ । जब शरीरमा निद्रामा कमी हुन्छ, त्यतिबेला शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र हामीलाई विभिन्न रोगले समात्ने गर्छ ।
३, बद्लिदो मौसमसँगै यस समय विभिन्न खाने रोगको संक्रमण बढ्ने खतरा बढी हुन्छ । । भाीडभाडमा जाँदा मास्कको प्रयोग गर्नाले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउन सकिन्छ ।
४, शरीरमा रोग निम्त्याउने अर्को तत्व भनेको तनाव हो । तनावले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । तनाव कम गर्न व्यायाम राम्रो माध्यम हो ।
५, नियमित व्यायामले शरीरमा स्फूर्ती पैदा हुनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।
६, शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अर्को माध्यम भनेको भिटामिन डी हो । शरीरको लागि निकै महत्वपूर्ण मानिएको भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाँउछ ।
७, विहानको समयमा सुर्यको किरणमा केहीबेर बसेर वा भिटामिन डी युक्त खानेकुराको सेवनद्धारा शरीरमा हुने भिटामिन डीको कमीलाई पूरा गर्न सकिन्छ र शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।
८, शरीरमा आवश्यकता अनुसार न्यायो कपडा पहिरिएर पनि शरीरलाई विभिन्न रोगहरु लाग्नबट बचाउन सकिन्छ ।
९, दैनिक ८ देखि १० कम मनतातो पानीको सेवनले पनि शरीरमा विभिन्न रोगको संक्रमण हुन पाउँदैन ।
प्रकाशित मितिः २०७५ मंसिर १६ आइतबार
Comments