भक्तपुर । च्याउ प्राय जसो सबै मानिसलाई निकै मन पर्ने गर्छ । यो निकै स्वादिलो हुने भएकाले यसलाई मन नपराउने मानिस कमै हुने गर्छन । च्याउमा प्रसस्त मात्रामा पौष्टिक तत्व पाइने भएकाले यो हाम्रो लागी निकै लाभदायक छ । तर हामीले च्याउ खाँदा खान हुने र खान नहुने च्याउ चिनेर मात्र खानुपर्छ । कतिपय च्याउ निकै बिषालु हुने गर्छन् । हामी सधैं जसो च्याउ खाइरहने भएता पनि हामीलाई च्याउले पुर्याउने फाइदाहरु बारेमा त्यति थाहा नहुनसक्छ ।
च्याउ खाँदा पुग्ने फाइदाहरु यस्ता छन्
१, च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन ।
२, च्याउमा प्रसस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पु¥याएर क्यान्सरजन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । साथै सेलेनियमले रोगप्रतिरोगी क्षमता वृद्धि गर्न सहयोग गर्छ।
३, च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा पुर्याउछ ।
४, हड्डीको समस्या भएका र वृद्धहरुले च्याउलाई घाममै सुकाएर खाएमा धेरै लाभ लिन सक्छन् ।
५, च्याउमा केही मात्रामा ‘आइरन’ पाईने भएकाले यसको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुग्छ ।
६, चिनीरोगीका लागि च्याउ उपयुक्त आहार मानिन्छ ।
७, उच्च प्रोटिन र कम कोलेस्टेरोल हुने भएकाले मोटोपना भएका व्यक्तिका लागि च्याउ उपयुक्त खानेकुरा हुन सक्छ ।
प्रकाशित मितिः २०७५ असोज २९ सोमबार
Comments