भक्तपुर । शरीरमा प्रोटिनको मात्रा बढी हुनाले मानिसलाई युरिक एसिडको समस्याले सताउने गर्छ । युरिक एसिडको मात्रा बढेमा हाडजोर्नी दुख्ने समस्या आउँछ । यसले गर्दा मानिसलाई निकै गाह्रो हुने गर्छ । युरिक एसिड नियन्त्रण गर्नलाई हामीले प्रोटिनयुक्त खानेकुराहरु कम खाने गर्नुपर्छ । युरिक एसिडबाट कसरी मुक्त हुने भन्ने कुरा धेरै मानिसहरुलाई जान्ने मन हुन्छ । विभिन्न उपायहरु अपनाउँदा पानि युरिक एसिडको मात्रा कम हुदैन ।
युरिक एसिडलाई नियन्त्रण गर्न निम्न उपायहरु अपनाउनुहोस
१, पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।
२, खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।
३, रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।
४, हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन सि जरुर लिनुहोस् ।
५, नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।
प्रकाशित मितिः २०७५ असोज २६ गते शुक्रबार
Comments