भक्तपुर । हामी हाम्रो माहान चांड दसैंमा टिका र जमरा लाउने गर्छौं । त्यसैले दसैंको घटस्थापनाको दिन हरेक हिन्दुको घरमा जमरा रोपिने गर्छ । दसैँ बाहेक अरु समयमा जमराको प्रयोग गरेको पाइदैन । हाम्रो लागी जमरा निकै उपयोगी छ । यसको जुस बनाएर पिउने गरेमा हाम्रो स्वास्थ्यमा आउने विभिन्न समस्याहरु हराएर जान्छन् । यसको प्रयोगको बारेमा धेरै नेपालीहरुलाई थाहा छैन । यो एमिनो एसिड , प्रोटिनको राम्रो श्रोत हो ।
जमराले पुर्याउने फाइदाहरु यस्ता छन्
१, छालालाई जवान राख्ने : यदि तपाई आफ्नो छालालाई सधैँ जवान , च्मकिलो राख्न चाहनुहुन्छ भने तपाइको लागी जमराको जुस निकै लाभदायक हुन्छ । यसमा रहेको प्राकृतिक न्यूट्रिशन र एन्टि अक्सिडेन्टले शरीरमा बुढोपन आउन दिदैन । नियमित रुपले यो पेय पिउँदा छाला हाइड्रेट रहन्छ । छालाको दाग, धब्बा पनि हट्छ । चाहुरीपन हट्छ ।
२, केसलाई कालो र स्वस्थ्य बनाउँछ : केस फुल्ने , हाँगा फाट्ने, रुखो हुने, झर्ने जस्ता समस्याको लागी पनि जमराको जुस निकै नै प्रभावकारी मानिन्छ । यदि दिनहुँ गहुँ को जमराको जुस पिउने हो भने केसका यी सबै समस्याहरु हटेर जान्छन् ।
३, होमोग्लोबिन बढाउँछ : गहुँ को जमराको जुसले शरीरमा रक्त संचार प्रक्रिया चुस्त बनाउँछ । यसले शरीरमा नयाँ रगत बनाउँछ र पुरानो रगत विस्थापित हुन्छ । साथै शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।
४, ब्लड शुगर नियन्त्रण गर्छ : मधुमेह रोगीहरुको लागी यो अमृत सरह हो । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।
५, क्यान्सरको उपचार : गहुँ को जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ ।
६, कब्जियतको उपचार : कब्जियतको समस्या झेलिरहेकाहरुले पनि गहुँ को जमराको जुस सेवन गर्न सक्छन् । यसले शरीरको पाचन क्रिया चुस्त राख्छ ।
प्रकाशित मितिः २०७५ असोज २३ गते मंगलबार
Comments