भक्तपुर, ३१ जेठ । भोलिबाट सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा एक महिने प्रोस्टेटको समस्या सम्वन्धि शिविर संचालन हुने भएको छ । शिविर असार १ गतेबाट ३२ गतेसम्म सञ्चालन हुने छ ।
शिविरमा बरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा. अनिल श्रेष्ठ तथा डा. अर्बिन शाहले ४० बर्ष उमेर पुगेका पुरुषहरुको प्रोस्टेटको समस्याको उपचार हुने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए ।
भोलिबाट अस्पताल प्रांगणमा शुरु हुने उक्त शिविरमा निःशुल्क परामर्श दिने मारिखुले जानकारी दिए । शिविरमा प्रोस्टेटका समस्या व्यक्तिहरुले भने अपरेशन तथा उपचार शुल्कमा भारी छुट दिने आयोजकले जनाएको छ ।
पुरुषहरुको पिसाबथैली र लिङ्गको बिचमा रहेको ग्रन्थीलाई प्रोस्टेट भनिन्छ । यो ४० वर्ष नाघेका पुरुषहरुलाई लाग्ने संभावना बढी हुन्छ । प्रोस्टेटले एक प्रकारले तरल पर्दाथ उत्पादन गर्छ जस्ले शुक्रकिटलाई बचाउने काम गर्छ ।
सबै मानिसमा एकै प्रकारको लक्षणहरु नदेखिने हुन सक्छ । उमेर, प्रोस्टेटको साईज अनुसार फरक फरक हुन्छ । जस्तै ः छिनछिनमा पिसाब लाग्ने, राती पिसाब गर्न उठिरहनु पर्ने, पिसाब फेर्न गाह्रो हुने, पिसाबको धारा सानो हुने र पिसाब गरिसकेपछि अझै बाँकी भएको जस्तो अनुभव हने हुुन्छ ।
यो समस्या भएकाहरुले शिविरबाट भरपुर लाभ लिन सक्ने व्यवस्थापक मारिखुले भक्तपुरन्युजलाई बताए ।
डा. इवामुरा मेमोरियल अस्पतालमा एक महिने प्रोस्टेट शिविर
0
Share.
Comments