काठमाडौं ५ चैत । दुबईमा आयोजित भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइजमा लन्डनकी एक महिला शिक्षक विश्वकै उत्कृष्ट घोषित भएकी छन् । लन्डनको अल्पर्टोन सामुदायिक स्कुलमा आर्ट्स र टेक्सटाइल्स पढाउने एन्ड्रिया जाफिराकोउ उत्कृष्ट घोषित भएकी हुन्। उनले १० लाख अमेरिकी डलर पुरस्कार पाइन् ।
विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा नेपालका विनोद शाही पनि परेका छन् । माथिल्लो डोल्पास्थित श्री यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक शाही उत्कृष्ट ४० मा परेका हुन् ।
Comments