काठमाडौँ ।
दम रोग साधारण मानिए तापनि यो रोगले मानिसलाई निकै नै कष्ट बनाएको हुन्छ । श्वास फेर्ने नली नै सङ्कुचित हुन्छ ।
श्वास नलीको प्वाल नै सानो बनाउने भएकोले दम रोग सामान्य मानिए तापनि बिरामीलाई अलि धेरै कष्ट हुन्छ । आवाज ह्वार ह्वार हुने, सुत्दा झै गाह्रो हुने, घाँटी अप्ठ्यारो हुने, कफ सजिलै बाहिर नआउने, मुटुको धड्कन बढ्ने, हातखुट्टा चिसो हुने, मौसम परिवर्तन हुँदा अत्यन्तै पीडा हुने आदि लक्षणहरु देखा पर्दछ ।
दमको रोग हुने कारणहरु
१। आफ्नो सन्तानमा कोही अग्रज मानिसलाई भएमा यो रोग सर्न सक्दछ ।
२। भित्तामा गरिएको पेन्टको कारणले ।
३। चुनको कण, परागकण, जनावरको रौँ, सेन्ट ९अन्तर० हेयर स्प्रे धुवाँ धुलोको कण रसायन चिजको प्रयोगको कारणले ।
४। घरपालुवा जनावरको रौँ, बिँडी चुरोट तमाखुको धुवाँलो ।
५। खानेकुराको एलर्जीको कारणले ।
६। धेरै चिन्ता, क्रोध, उत्तेजना भएमा ।
७। मानसिक तनाव चिसो खोकीको कारणले ।
८। तेल घिउमा बनाएका अलि चिल्ला खानेकुरा अपच खालको भारी बनाउने खानेकुराको कारणले हुने गर्छ ।
प्रकाशित मितिः २०७८ मंसिर १० शुक्रबार
Comments