काठमाडैं । तिलगंगा आँखा प्रतिष्ठानले ‘मधुमेह सेवाको पहुँच स् अहिले नभए कहिले भन्ने’ भावका साथ मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताह विविध कार्यक्रम गरी मनाएको छ।
कार्यक्रमअन्तर्गत मधुमेहबाट आँखामा असरसम्बन्धी जनचेतना फैलाउन अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामग्री वितरण, आमसञ्चारका माध्यमहरूमा सामग्री प्रचारप्रसार तथा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरेको प्रतिष्ठानले जनाएको छ । यसअन्तर्गत ९९ जनाले निःशुल्क परीक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् ।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणका रूपमा मधुमेह देखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार
Comments