काठमाडौं । अनुहारमा भएका हरेक अंग जस्तै मुख महत्वपूर्ण छ । खान, बोल्न, हास्न लगायका काममा मुखको महत्व रहने गर्दछ ।
त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगरे गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग समेत निम्तिन सक्छ ।
मुखको सफाइमा के गर्ने ?
– पानी प्रशस्त पिउने ।
– धेरै तातो र धेरै चिसो नखाने ।
– सकेसम्म धेरै गुलियो, अमिलो खानेकुरा नखाने ।
– मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।
– मुखमा खानेकुरा राखेर नसुत्ने ।
– बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।
– बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।
– रेसा भएको र पोसिलो खानेकुरा खाने ।
यस अलावा वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउनु पर्दछ । यसकालागि डेन्टल फ्लसको प्रयोग गर्न सकिन्छ । यस अलावा दाँतको सुरक्षाकालागि निम्न काम गर्नु पर्दछ ।
– दाँत माझ्दा हतारमा वा जोडसँग घोटेर नमाझ्ने ।
– नरम ब्रसले दाँत माझ्ने ।
– दाँत माझ्दा जिब्रो पनि सफा गर्ने ।
– दाँत माझ्न फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।
– हरेक ५ महिनामा दाँत जँचाउने ।
स्मरण रहोस्, दाँत र मुखमा देखिने समस्या र मुख गन्हाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।
प्रकाशित मितिः २०७८ असोज २ शनिबार
Comments