भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीको पेटबाट ३५ किलोको मासुको डल्लो ट्युमर निकालिएको छ। एक वर्षदेखि पेटमा समस्या झेल्दै आएकी ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी ट्युमर निकालिएको हो।
अस्पतालमा पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ। आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा आउन नसकेपछि रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाइ छ।
शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहेको अस्पतालले जनाएको छ । सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ।
प्रकाशित मितिः २०७८ जेठ २४ सोमबार
Comments