काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको कदम पर्याप्त नभएकाले लकडाउन वा स्वास्थ्य संकटकाल लगाउने संकेत दिएका छन् ।
‘अहिलेको कदम पर्याप्त छैन । जुन गतिले महामारीले स्वरुप ग्रहण गर्दैछ । नयाँ कदम उठाउनु पर्नेछ’, मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘स्वास्थ्य संकटकाल होस् या लकडाउन सरकारले सोचेर गर्नेछ । थप नयाँ कदमको आवश्यक छ ।’
प्रकाशित मितिः २०७८ बैशाख २८ मंगलबार
Comments