काठमाडौं । हैजा रोग उल्टी (वान्ता) लगातार दिसा ल्याउने रोग हो । हैजा लाग्दा लगातार दिसा जानुका साथै पेटमा सुई घोचेको जस्तो पीडा अनुभूति गराउँछ ।
घरेलु उपचार
– पुदिना र कालो मरिच पिसेर आधा चम्चाका दरले तातो पानीमा मिलाई खानाले हैजा निको हुन्छ ।
– रोगी बस्ने तथा सुत्ने ठाउँमा लसुन फोकेर राखिदिनाले पनि हैजाका किटाणु नष्ट हुन्छन् ।
– रोगीलाई सौँफ तथा अलैँची खानाले पनि लाम मिल्दछ ।
– पानीमा कपुर मलाई बारम्बार खानाले पनि उपयुक्त हुन्छ ।
– रोगीको शरीरमा तेल लगाउनुपर्छ । जसले शीघ्र उल्टी तथा दिसा जान बन्द हुन्छ ।
– एक चम्चा शक्खर, आधा चम्चा नुन, आधा चम्चा कागतीको रस पानीसँग मिलाई बारम्बार रोगीलाई ख्वाउनुपर्दछ जसले शरीरमा पानीको मात्रा पूरा गर्न मद्दत गर्दछ ।
– काँचो आँपलाई पानीमा उमाली प्याजको रस मिलाउनुहोस् र रोगीको हत्केला तथा तालुमा मालिस गरिदिनुहोस् जसले गर्दा रोगीलाई आराम मिल्दछ ।
– जाइफललाई थोरै पानीसँग मिलाई पिसेर निधारमा लेपन गरिदिनुहोस् जसले हैजा ठिक पार्दछ ।
– यदि पिसाब कम आइरहेको छ भने आधा कप पानीमा आधा चम्चा खाने सोडा मिलाई खुवाउनुहोस् जसले पिसाब खुलेर आउन मद्दत गर्दछ ।
प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलवार
Comments