काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी एक बर्षको अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ।आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ। रियलमीका १३ हजारदेखि ३३ हजारसम्मका फोन नेपाली बजारमा पाइन्छ।
त्यसमध्ये यहाँ महँगा दुई फोन ‘रियलमी ६ आई’ र ‘रियलमी ६’ को बारेमा चर्चा गरिएको छ। यदि तपाई उत्कृष्ट स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ।
रियलमी ५
‘रियलमी ५’ ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा १२ मेगापिक्सेल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि ८ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ३ जिबी/६४ जिबी र ४जिबी/१२८ जिबी क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य क्रमशः २० हजार ९ सय ९० र २३ हजार ९ सय ९० रूपैयाँ रहेको छ।
रियलमी ५आई
यो ग्राहकले ६.५२ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा १२ मेगापिक्सेल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि १३ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ४ जिबी/६४ जिबी क्षमतामा किन्न पाउँने छन्। फोनको मूल्य २० हजार ७ सय ९० रूपैयाँ तोकिएको छ।
रियलमी ६ आई
यो ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा ४८ मेगापिक्सेल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ४ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँने छन्। फोनको मूल्य २५ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
रियलमी ६
यो ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा ६४ मेगापिक्सेल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ४३ सय एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ८ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँने छन्। फोनको मूल्य ३२ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
Comments