काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले कोरोना भाइरस (कोभिड- १९) विरुद्धको खोप लगाएका छन् ।
गृहमन्त्री थापाले आज बिहान कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् । मन्त्री थापाले काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि सभामुखसहित सबै सांसद र मन्त्रीहरुलाई खोप लगाउन शुरू गरिएको थियो ।
सभामुखसहित दलका शीर्ष नेताहरुले बुधबार नै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाएका थिए ।
प्रकाशित मितिः २०७७ फागुन २३ आइतबार
Comments