काठमाडौं । काठमाडौं उपत्यकामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ७ , ललितपुरमा ५ र काठमाडौंमा ४६ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख २ हजार ८१५ , भक्तपुरमा ९ हजार ३ सय १२ र ललितपुरका १६ हजार २ सय ११ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २८ हजार २ सय ३३ जना पुगेको छ ।
गत २४ घण्टामा ६ हजार १ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा १२० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ८५ हजार १ सय ९० पुग्दा नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय ३२ रहेको छ । त्यस्तै, यो अवधिमा ८३ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७७ फागुन २१ शुक्रबार
Comments