काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१२ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।
ना.३८ प ५२६८ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका-१० बस्ने चिरन राज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments