चितवन । राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार बुधवार पक्राउ परेका छन् । सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई बनाई १ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
ब्युरोका अनुसार ५९ वर्षीय परियारलाई काठमाडौंस्थित कागेश्वरीबाट पक्राउ गरिएको छ । उनले आर्थिक वर्ष २०७४र७५ र २०७५र७६ मा बिगो बराबरको रकम हिनामिना गरेको ब्युरोले जनाएको छ । n११ वटा नक्कली बिल भरपाई बनाएर रकम लिएर सरकारी खातामा दाखिला नगरेको पाइएको ब्युरोको अनुसन्धानमा देखिएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments