काठमाडौं । कैलालीको टिकापुर नगरपालिका-१ बाट लागुऔषध खैरो हेरोइनसहित सातजना मंगलबार बेलुकी पक्राउ परेका छन्।
प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार करिब ११ ग्राम छ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित घोडाघोडी नगरपालिका-२ बस्ने २२ वर्षीय गोविन्द विष्टलगायत छजना पक्राउ परेका हुन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइनसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments