झापा । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोप लागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमकका ५५ वर्षीय सरे राई रहेका छन् ।
आज बिहान करिब ५ बजेतिर उनले कुटपिट गरेर श्रीमती विष्णुमायाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले बताए।
सरेलाई इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरको संयुक्त टोलीले दमक नगरपालिका वडा नम्बर– २ मा रहेको एक घरमा लुकिछिपी बसेको अवस्थामा बिहान ९ बजे पक्राउ गरेको हो।
उनलाई कुटपिट र कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थाल्ने डीएसपी थापाले बताए।आजै जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिएर अनुसन्धानलाई अगाडि बढाउने प्रहरीको तयारी छ।
प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार
Comments