काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नेपालमा पहिलो पटक फोर के टेलिभिजन च्यालन सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । काठमाडौंका नक्सालस्थित मेरियट होटलमा जारी एक कार्यक्रम आयोजना गरी सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनको घोषणा गर्न लागिएको हो ।
उक्त टेलिभिजन च्यालनको घोषणा कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थित रहेको छ । समारोहमा सञ्चारकर्मी लामिछानेसहित तीन जना व्यक्तित्वले उक्त च्यानलको लोगो अनावरण गरेका छन् ।
लामिछानेले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आजबाट नयाँ यात्राको शुरुवात हुने जनाकारी दिएका थिए । उक्त टेलिभिजनबाट न्यूज २४ मा लामिछानेले सञ्चालन गरेको ‘सिधा कुरा’ शैलीकै कार्यक्रम सञ्चालन हुने जनाइएको छ । ‘सिधा कुरा’को पछाडि केही शब्द जोडेर नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको जनाइएको छ ।
गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालन हुन लागेको टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा रहनेछन् । टेलिभिजन आगामी वैशाखसम्ममा लञ्च गर्ने तयारी रहेको जनाइएको छ ।
प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार
Comments