काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १७२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ९४८ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४४ , ललितपुरमा २२ र भक्तपुरमा ६ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ। गत २४ घण्टामा २ सय ७० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय १ जना सक्रिय संक्रमित छन्।
प्रकाशित मितिः २०७७ माघ ०२ शुक्रबार
Comments