काठमाडौं । नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा आज ३ हजार ८४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५ हजार १२५ पुगेको छ । आज देशभर ४ हजार ३ सय १ जना सक्रिय संक्रमित र २ सय ३१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः २०७७ माघ ०२ शुक्रबार
Comments