बाग्लुङ । बाग्लुङमा ४ थान एकनाले भरुवा बन्दुक बरामद भएको छ । गलकोट नगरपालिका ४ खरुवा पाखापानीस्थित झाडीमा लुकाई राखेको ४ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले झाडीमा लुकाई राखेको उक्त हतियार फेला पारी बरामद गरेको हो ।बन्दुक राख्ने व्यक्तिको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments