काठमाडौं । काठमाडौंको बानेश्वरमा सन्जिव लामालाई खुकुरी हानेर भागेका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाँसबारी घर भएका अम्बिर लामा उर्फ अमिरलाई घटना भएको बाह्र बर्षमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए ।
अम्बिर सहितका ५ जना मिलेर काभ्रेपलाञ्चोक स्थित शिखर अम्बोटे घर भएका सन्जिबलाई खुकुरी हानेर सख्त घाइते बनाएका थिए । सन्जिव अहिले विदेशमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments