भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ५० वर्षीय कृष्णराम सुवाल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिई ट्याक्टर चालक सहित पल्टिदै जाँदा सोही ट्याक्टरको फाली (जोत्ने भाग) ले उनको घाँटी लगायतको भागमा गम्भीर चोट लागेको थियो । सुवाललाई उपचारको लागी मध्यपुर अस्पतालमा पुर्याई उपचार हुँदाहुदै बिहान १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले बताए ।
प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार
Comments