काठमाडौं । नेपाल सरकारले अब हप्ताको दुई दिन मात्रै कोभिड–१९ प्रेस ब्रिफिङ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए ।
अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले जानकारी दिए । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ आजबाट सुरु भएको छ । सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो ।
प्रकाशित मितिः २०७७ कार्तिक १२ बुधबार
Comments