कैलाली । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका–३ बस्ने २८ वर्षीय राजन कठरियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कठरियाले ती महिलालाई सुतिरहेको कोठामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार
Comments