काठमाडौं । मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कर्मचारीले अनसन जारी राखेका छन्। लामो समयसम्म बिना तलब काम गर्दै आएका उनीहरु पटकपटक संस्थासँग तलबको माग गर्दै आए पनि अहिलेसम्म तलब नपाएपछि आन्दोलनमा उत्रिएका हुन्।
‘पटक पटक लिखित एवं मौखिक रुपमा समस्या समाधानको लागि आवज उठाए पनि समस्याको समाधान नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएका हौँ’, कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
असोज ११ गते साँझ ४ बजेदेखि संघर्ष समितिका सदस्य मुकुन्द अधिकारी र प्रमोद यादवले अनसन सुरु गरेका थिए। त्यस्तै १२ गते करुण धिताल र शोभा आचार्य रिले अनसनमा बसेका थिए। तर अहिलेसम्म संस्थाको तर्फबाट मागका विषयमा कुनै पहल नभएको उनीहरुले बताएका छन्।
सेवाग्राहीको स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारको सम्मान गर्दै आफूहरुले आ–आफ्नो ड्युटी अनुसार सेवा दिइरहेको आन्दोरत कर्मचारी जानकारी दिए।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक अस्पतालले ८ महिनादेखि कर्मचारीलाई तलब दिनुको साटो जागिरबाटै निकाल्ने गरेको संयोजक गुरूङको भनाइ छ। कोरोना महामारीकै बेला २५५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अस्पतालले निकालेको उनको भनाइ छ।
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments