काठमाडौं । नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।
एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । अहिले संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ । कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।
देशभरको अवस्था कहाँ कस्तो छ ? विवरणमा हेर्नुहोस
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments