काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार उपत्यकामा आज ३०१ जना महिला र ५१६ जना पुरुष गरी कूल ८१७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २३५ जना महिला र ४१४ जना पुरुष गरी ६४९ जना, भक्तपुरमा १६ जना महिला र २० पुरुष गरी ३६ जना तथा ५० जना महिला र ८२ जना पुरुष गरी ललितपुरमा १३२ जनामा संक्रमण देखिएको हो ।
योसंगै उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ। काठमाडौंमा १८ हजार १३२, ललितपुरमा २ हजार २३१ र भक्तपुरमा १ हजार ९६१ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घन्टामा देशभर १ हजार ३५१ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ। २४ घण्टा ७ सय ४२ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ।
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments