काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ४ जनाको ज्यान गएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।
बितेको २४ घण्टामा १ हजार ३५१ संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।
एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । अहिले संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments