काठमाडौं । ब्राजिलमा सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन ५९३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या पनि १ लाख १ हजार १३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२ हजार २१३ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३० लाख ३५ हजार ५८२ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २१ लाख १८ हजार ४६० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १५ हजार ९८६ जनाको उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७७ साउन २६ सोमबार
Comments