काठमाडौं । नेपालमा तिब्र गतिमा फैलिएको कोभिड १९ को संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारी संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
अहिले संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।उनीहरूको गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास संकलन गरेको थियो ।
प्रकाशित मितिः २०७७ साउन २५ आइतबार
Comments