काठमाडौं । दुहु गाउँपालिका ३ चौपाती बस्ने ५३ वर्षीया नर बहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै आमालाई कुटपिटबाट हत्या गरी घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार
Comments