काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयका थप १० प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
“बुधबारसम्म प्रहरी प्रधान कार्यालयका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो,” प्रहरीका केन्द्रिय प्रवक्ता कुबेर कडायतले भने, “आज त्यो संख्या बढेर ८५ पुगेको छ।”
काठमाडौं उपत्यकामा बुधबार मात्र १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।देशभर संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि आजबाट पुनस् यातायातामा जोरबिजोर प्रणाली लागू गरिएको छ।
प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार
Comments