काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ ।
नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जनाको पीसीआर परीक्षण गरिएकोमा ३१५ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनका अनुसार क्वारेन्टिनमा ११ हजार ५३३ जना छन् । ५ हजार ३३८ आइसोलेसनमा रहेको गौतमले जानकारी दिए । डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ४९२ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साउन १७ शनिबार
Comments