विराटनगर । भ्रष्टाचारविरुद्ध बोल्ने र भष्ट्राचारीलाई देख्नै नसहने श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।
आज बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कार्यकक्षमा बसेका समयमा उनीमाथि चप्पल, पञ्चिङ मेसिन लगायतका सामाग्रीले हालपात गरिएको बताइएको छ । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीमाथि जाइलाग्ने उक्त कार्यालयमा कार्यरत करारका दुई कर्मचारी प्रहरी नियन्त्रणमा आएका छन् ।
किन र कुन उद्देश्यका लागि कुटपिट गरिएको हो भन्ने खुल्न नसकेपनि शंकामा नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रकाशित मितिः २०७७ साउन १७ शनिबार
Comments