काठमाडौं । नेपालमा बुधबार २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भई घर गएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५३ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए।
योसँगै नेपालमा कोरोनालाई जितेर घर जानेको संख्या ७ हजार ७५२ पुगेको छ ।
प्रकाशित मितिः २०७७ असार २४ बुधबार
Comments