सर्लाही । सर्लाहीमा कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । रौतहट राजदेवी नगरपालिका-६ सेढवा टोल बस्ने ३५ वर्षीय अशोक राय यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सर्लाही बलरा नगरपालिका-१ छनकी टोल बस्ने ४० वर्षीय बिबेक सिंह लगायत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पैसाको लेनदेनको बिषयमा कुटपिट गर्दा यादवको मृत्यु भएपछि सशस्त्र बेस क्याम्प छनकी टोल सर्लाहीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मितिः २०७७ असार २४ बुधबार
Comments