काठमाडौं । कोरोना भाइरसको महामारीले ब्राजिलमा ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६४ हजार ९०० पुगेको छ ।
यस्तै एकै दिन २६ हजार २०९ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १५ लाख ४ हजार ५८५ पुगेको छ। अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ९ लाख ७८ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ६१ हजार ७० जनाको उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७७ असार २२ सोमबार
Comments