काठमाडौं । नेपालमा आइतबार १३२ जना कोरोना मुक्त भएर डिस्चार्ज भई घर गएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १३२ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए।
योसँगै नेपालमा कोरोनालाई जितेर घर जानेको संख्या ६ हजार ५४७ पुगेको छ। त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८ पुगेको छ।
प्रकाशित मितिः २०७७ असार २१ आइतबार
Comments