काठमाडौैं । राजधानीको कुलेश्वरबाट स्रोत नखुलेको ६५ लाख ८ हजार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको सो नगदसहित भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको हो ।
सोमबार दिउँसो ३ बजेतिर उनीहरुले अवैध हुन्डी कारोवार गर्दै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्रकाउ गरेको महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक रुगम कुवरले जानकारी दिए ।
भारत बेतिया घर भएका २५ बर्षीय रविशंकर फलफूल व्यापारी रमेशको सालो हुन् । कुलेश्वर हाईटस्थित रमेशको घरबाट ६३ लाख रूपैयाँ अवैध हुण्डीको रकम लिएर निस्कँदै गर्दा सालो रविशंकर प्रहरीको फन्दामा परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
प्रकाशित मितिः २०७७ असार १६ मंगलबार
Comments