काठमाडौं । कोरोना कोभिड–१९ भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।
लकडाउनको ६४ औं दिन हिजो मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ३९१ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ३६९ दुई पांग्रे र २२ चार पांग्रे रहेका छन् । लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मितिः २०७७ जेठ १४ बुधबार
Comments