गुल्मी । गुल्मीमा कोरोना संक्रमण पुष्टि भएका दुई जनामध्ये एक जना धुर्कोट गाउँपालिकाका अध्यक्ष भएको पुष्टि भएको छ ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनको पीसीआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
उनले विज्ञप्ति मार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् । गुल्मीका कोरोना संक्रमण पुष्टि भएका अर्का एक व्यक्ति धुर्कोट गाउँपालिका वडा नम्बर ४ को व्यक्ति भएको पनि उनले जानकारी दिए ।
पोखरेलका अनुसार अर्को कोरोना संक्रमित भने भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । ती व्यक्ति दिर्घ रोगी समेत रहेको पोखरेलको भनाइ छ ।
गाउँपालिका अध्यक्षलाई नै संक्रमण पुष्टि भएपछि गाउँपालिका केन्द्र बर्कोट क्षेत्रदेखि वडानम्बर ४ को भुवानसम्मको क्षेत्रलाई सिल गरिएको छ ।
प्रकाशित मितिः २०७७ जेठ १३ मंगलबार
Comments