काठमाडौँ । शुक्रबारको मौसममा सामान्य बदली रहने तथा मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसबाहेक बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पूर्वी भूभागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्हा तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति देशको पहाडि भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली तथा पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
हाल बंगलादेशको आसपासमा अवस्थित चक्रवात ‘अंपुन’ कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको छ। नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसमविदले बताएका छन् ।
प्रकाशित मितिः २०७७ जेठ ९ शुक्रबार
Comments