काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ ।
शनिबार एकै दिन १८ सय भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार पाँच सय भन्दा बढी भएको हो ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकी राज्य न्यूयोर्कमा ज्यान गुमाउनेको संख्या ८ हजार ६२७ रहेको छ । त्यसपछि न्यू जर्सीमा दुई हजार १८३, मिसिगनमा एक हजार ३९२, लुजियानामा ८०६, मासासुचेट्समा ६८६ तथा क्यालिफोर्नियामा ६३० जनाको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३२ हजार भन्दा बढी पुगेको छ।
पछिल्ला केही दिनयता दैनिक ३० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसका कारण संक्रमित र मृत्यु हुने दुवैका हिसाबमा सबैभन्दा बढी प्रभावित देश अमेरिका हो ।
प्रकाशित मितिः २०७६ चैत्र ३० आइतबार
Comments