काठमाडौं। अमेरिकामा एकै दिन कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पहिलोपटक दुई हजार भन्दा माथि पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा शुक्रबार एकै दिन २१ सय ८ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा अमेरिका इटाली भन्दा पनि अघि जाने सम्भावना छ ।
अमेरिकामा अहिलेसम्म १८ हजार ७६९ जनाको मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार ८४९ रहेको छ । अमेरिकामा संक्रमितको संख्या पनि पाँच लाख नाखेको छ ।
अहिलेसम्म पाँच लाख एक हजार ४१९ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्याले नयाँ उचाई लिए पनि विज्ञले अमेरिकामा कोरोना भाइरसको संक्रमण तथा मृत्यु स्थिर भएको र केही दिनमा ओरालो लाग्ने बताएका छन् ।
प्रकाशित मितिः २०७६ चैत्र २९ शनिबार
Comments